२०८३ असोज २३ गते शुक्रबार

पोखरामा गुञ्जदैछ कन्दरा

पोखरामा गुञ्जदैछ कन्दरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ०५:४७

कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् ।

पोखरा

पोखराबाट उदाएको लोकप्रिय ब्याण्ड कन्दरा पछिल्लो समय सांगीतिक गतिविधिबाट पर छ । सांगीतिक दुनियाँमा पुनरागमन गर्दै कन्दरा पोखरामा गुञ्जने भएको छ ।

‘पहिला घरदेश अनि परदेश’ नाराका साथ शुक्रबार साँझ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कन्दराको कन्सर्ट हुदैछ । कन्सर्टको तयारी पूरा भएको छ ।

गीतसंगीतमार्फ नेपालको पर्यटन प्रबर्द्धनको सन्देश प्रवाह गर्ने मूल उद्घोषका आयोजित कन्सर्टको तयारी पूरा भएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ गुञ्जनसहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्यस्थलको सन्देश दिदैछौं’, अध्यक्ष श्रेष्ठले भने, ‘आन्तरिक तथा वाह्य पर्यटन प्रबर्द्धनमा टेवा पु¥याउदै घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित हुनेछ ।’

कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् ।

कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ । देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ ।

कन्सर्टमा ८ हजार दर्शक आउने अनुमान गरिएको छ । सर्वसाधरणलाई ३ सय रुपैयाँ र भिआइपीलाई १ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ ।

कन्दरा पोखराबाट उदाएर भारतको नागाल्याण्ड र सिलोङमा एक कन्सर्ट गरेर सिमापारी पनि वर्चस्व कायम गर्न सफल ब्याण्ड थियो । जापान, हङकङ, सिंगापुर, अष्ट्रेलिया, लण्डन, युरोप, दक्षिण कोरियाका सहर पनि कन्दराको अर्गानिक स्वादमा झुमेको इतिहास छ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०५:४७
हजुरको प्रतिक्रिया