२०८३ असोज २३ गते शुक्रबार

पोखरा महोत्सवको पूर्वसन्ध्यामा कार र्याली

पोखरा महोत्सवको पूर्वसन्ध्यामा कार र्याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ०७:२२

महोत्सव बिहिबार सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन ।

पोखरा

पोखरा महोत्सवको पूर्वसन्ध्यामा कार र्याली निकालिएको छ ।

यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म १२ ओं संस्करणको महोत्सव हुदैछ ।

अमरसिंह चौरमा हुने महोत्सवको पूर्वसन्ध्यामा बुधबार कार र्याली निकालिएको हो ।

महोत्सवस्थल अमरसिंह मैदानबाट सुरु भएको र्याली हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै अमरसिंह मैदानमा आएर सकिएको थियो ।

महोत्सव बिहिबार सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन ।

१२ दिनसम्म चल्ने महोत्सवमा २५० स्टल हुनेछ । महोत्सवमा २ लाख ५० हजार दर्शक आउने अनुमान गरेको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा रेभेल एप मार्फत अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

यसपालिको बचतले लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्न आवासीय छात्रावास निर्माणमा समेत रकम छुट्याउने भएको छ ।

छात्रावास निर्माणमा बचतको १५ प्रतिशत रकम विनियोजन गर्ने श्रेष्ठले जानकारी दिए ।

१ करोड १७ लाख ५० हजार रुपैयाँ आम्दानी र ३४ लाख २५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य छ ।

सेती नदीको खोंचमा पर्यटकीय गन्तव्य निर्माणमा समेत बचतको रकम खर्चिने प्रचारप्रसार संयोजक सुनारको भनाइ थियो ।

महोत्सवमा विभिन्न जाताजातीको कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम बिक्री, हस्तकलाका सामाग्रीको प्रदर्शनी एवम बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवं जानकार दिइनेछ ।

गण्डकीको पर्यटकीय क्षेत्रको जानकारी दिदैं प्रबद्र्धन गर्ने महोत्सवको उदेश्य छ । उत्पादित बस्तुको बजारीकरणमा सघाइ अर्थतन्त्र चलायमान बनाउन सघाउने आयोजक युनाइटेड क्लबको दाबी छ ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०७:२२
हजुरको प्रतिक्रिया