२०८३ असोज २४ गते शनिबार

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल आजबाट सुरु हुँदै

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल आजबाट सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ०९:३०

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु हुने प्रतियोगिता यहि पुष २८ गतेसम्म सञ्चालन हुने छ ।

पोखरा ।

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप तथा गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० आजबाट सुरु हुँदैछ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु हुने प्रतियोगिता यहि पुष २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहको छ भने खेल ए र वि गरि २ वटा कोर्टमा खेलाइँदै छ । सुरुवाती खेलमा आज माछापुच्छ्रे गा.पा रातो र रुपा गा.पा कास्कीबीच प्रतिश्पर्धा हुँदैछ ।

प्रतियोगिता माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोग साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल संघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे–३, घाचोक मेधराज मा.विको प्रांगणमा हुँदैछ ।

प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्ने कार्यक्रम तय भएको माछापुच्छ्रे खेलकुद विकास समिति सचिव होम प्रसाद गुरुङले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल प्रर्वद्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले बताए । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाहरुबाट १५ समुहले टिम दर्ता गरेको माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख र दोस्रो हुने टिमलाई नगद रु २ लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाइनल प्रवेश गरेका २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ७ हजारका साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार वितरण गरिने छ ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०९:३०
हजुरको प्रतिक्रिया