२०८३ असोज २३ गते शुक्रबार

सुरु भयो पोखरा महोत्सव

सुरु भयो पोखरा महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २६ गते बिहीबार ०७:२५

चिडियाखानको महत्वलाई बुझेर प्रदेश सरकारले गौरवको योजनामा समावेश गरेको उल्लेख गरे ।

पोखरा

यूनाइटेड क्लबको आयोजनामा पोखरा महोत्सव सुरु भएको छ । अमरसिंह चौरमा सुरु १२ औं संस्करणको पोखरा महोत्सवको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे ।

सभामुख घिमिरेले पोखरा महोत्सवमार्फत युनाइटेड क्लबले चिडियाखाना निर्माणमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।

चिडियाखानको महत्वलाई बुझेर प्रदेश सरकारले गौरवको योजनामा समावेश गरेको उल्लेख गरे ।

उनले युनाइटेड क्लबबाट स्वामित्व लिएको प्रदेश सरकारले व्यवस्थित गर्न कन्जुस्याँई गर्न नहुने बताए ।

‘प्रदेश सरकारले लिएको छ पक्कै पनि खुशीको कुरा हो । तर, यसलाई युवाले आफुले गरिरहेको कामबाट आकर्षित भएर लिने । समयमै व्यवस्थित गर्न नसक्ने हुनुहुदैन’, घिमिरेको सुझाव छ ।

माघ ८ गतेसम्म चल्ने महोत्सवमा २५० स्टल छन् । २ लाख ५० हजार दर्शकले अवलकोन गर्ने अनुमान गरेको महोत्सव संयोजक राजु श्रेष्ठले बताए । उनका अनुसार १ करोड १७ लाख ५० हजार रुपैयाँ आम्दानी र ३४ लाख २५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य छ ।

यसपालिको बचतले लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्न आवासीय छात्रावास निर्माणमा समेत रकम छुट्याउने उनको भनाइ छ । छात्रावास निर्माणमा बचतको १५ प्रतिशत रकम विनियोजन गर्ने श्रेष्ठले जानकारी दिए ।

सेती नदीको खोंचमा पर्यटकीय गन्तव्य निर्माणमा समेत बचतको रकम खर्चिनेले उनले बताए ।

महोत्सवमा विभिन्न जाताजातीको कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम बिक्री, हस्तकलाका सामाग्रीको प्रदर्शनी एवम बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवं जानकारी दिइनेछ ।

महोत्सवको उद्घाटनपूर्व विभिन्न कला सँस्कृति प्रदर्शन गर्दै झाँकीसहितको ¥याली निकालिएको थियो ।

पहिलो दिन लोक दोहोरीतर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतका कलाकार सांगीतिक प्रस्तुती पस्किए । साँझको लाइभब्याण्डमा दृश्य र ट्रयाङ्क्युलको प्रस्तुती रह्यो ।

शुक्रबार लोकदोहोरीतर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमण अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतका कलाकारले दर्शक झुमाउनेछन् ।

साँझको लाइभ ब्याण्डमा ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रस्तुती रहनेछ ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहीबार ०७:२५
हजुरको प्रतिक्रिया