२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १०० पुग्याे

कास्कीमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १०० पुग्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २५ गते बिहीबार ०४:४९

पाेखरा । गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा कुल २९३ जनाकाे काेराेना परिक्षण भएकाे छ । जसबाट १०३ जना संक्रमित थपिएका छन् । प्रदेशभर पछिल्लाे २४ घण्टामा थप ४ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पछिल्लाे...

गण्डकी प्रदेश र कास्कीकाे ताजा अवस्था यस्ताे

पाेखरा । गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा कुल २९३ जनाकाे काेराेना परिक्षण भएकाे छ । जसबाट १०३ जना संक्रमित थपिएका छन् । प्रदेशभर पछिल्लाे २४ घण्टामा थप ४ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टाकाे परिक्षणमा सर्वाधिक धेरै कास्कीका ६१ जनामा संक्रमण पुष्टि भएकाे छ भने लमजुङमा १८ जना संक्रमित थपिएका छन् । यस्तै, बाग्लुङमा ७ जना, गाेरखामा ६ जना, तनहुँमा ४ जना, पर्वतमा ३ जना, स्याङजामा २ जना, मुस्ताङ र नवलपरासी पूर्वमा समान एकएक जना संक्रमित थपिएका हुन् ।

यता, समग्र प्रदेशभर हालसम्म १ लाख १३ हजार ४४१ जनाकाे परिक्षण सकिँदा १३ हजार ७९ जनामा संक्रमण पुष्टि भएकाे छ । हालसम्म ७ हजार ५६१ जना निकाे भएका छन् भने समग्र प्रदेशभर अहिले ५ हजार ३३८ जना सक्रिय संक्रमित रहेका छन् । काेराेनाका कारण गण्डकी प्रदेशमा अहिलेसम्म १८० जनाले ज्यान गुमाइसकेका छन् ।

यता, कास्कीमा अहिले ५ हजार ७७८ जना सक्रिय संक्रमित रहेका छन् । १ हजार ८८३ जना निकाे भएर घर फर्किँदा ३ हजार ७९५ सक्रिय संक्रमित रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । कास्कीमा काेराेनाका कारण अहिलेसम्म १०० जनाले ज्यान गुमाइसकेकाे छन् ।

 

प्रकाशित मिति २०७७ मंसिर २५ गते बिहीबार ०४:४९
हजुरको प्रतिक्रिया