पोखरा। कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रवन प्रजापतिले व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र अत्यधिक कर वृद्धि लगायतका समस्याहरूले पीडित बनेको बताए । राज्यलाई कर तिरेर वैधानिक व्यवसाय गरिरहेका व्यवसायीहरूको पक्षमा राज्य उदासीन देखिएको उनकाे गुनासाे थियाे ।
कपडा व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले व्यवसायीहरूको समस्या सम्बोधनका लागि पोखरा उद्योग वाणिज्य सङ्घले विशेष पहल गर्नुपर्ने उल्लेख गरे । विभिन्न कारणले समस्यामा परेका व्यवसायीहरूलाई संरक्षण गर्ने दायित्व पोखरा उद्योग वाणिज्य सङ्घको भएको दावी थियाे ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका कोषाध्यक्ष गोकर्ण अधिकारी, अधिकृत विक्रेता सङ्घ कास्कीका अध्यक्ष मनोज श्रेष्ठ, एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठलगायतले बाेलेका थिए ।
कार्यक्रममा इरसन बस्त्रालयका सञ्चालक ईश्वर कुमार पालिखेलाई सम्मान समेत गरिएको छ । संस्थाका सदस्य बाबुराम पौडेललाई सक्रिय सदस्य सम्मान प्रदान गरिएको छ ।
हजुरको प्रतिक्रिया




