२०८३ साउन २१ गते बिहीबार

ढुंगेसाँघुकाे मेलामा दर्शकहरूकाे ओइरो – फाेटाे फिचर

ढुंगेसाँघुकाे मेलामा दर्शकहरूकाे ओइरो – फाेटाे फिचर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १ गते सोमबार ०४:५९

त्रेतायुगदेखि नै यहाँ माघे संक्रान्तिमा मेला लाग्ने गरेको किंवदन्ती छ ।

पाेखराकाे महतगौडा सितापाइलामा वर्षाैदेखि लाग्दै आएको ढुंगेसाँघुकाे मेलामा याे वर्ष पनि श्रद्दालु भक्तजन एवं दर्शकहरूकाे अत्याधिक ओइरो लागेकाे छ।

धार्मिक महत्वसंगै मेलामा घरयसी सामानको किनमेल, खेलकुद प्रतियोगिता, र मनोरञ्जनात्मक गतिविधि हुने गरेकाले पनि याे मेलामा टाढा टाढाबाट दर्शक तथा भक्तजन उपस्थित हुन्छन्। मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानको यो मेलामा बढीजसो किनमेल हुने गरेको छ ।

त्रेतायुगदेखि नै यहाँ माघे संक्रान्तिमा मेला लाग्ने गरेको किंवदन्ती छ ।

मकर संक्रान्तिमा हरिहरको दर्शन गर्नको लागी व्रम्हा, विष्णु र महेश्वर लगायत सम्पुर्ण देवी देवता, यक्ष, गन्धर्व अप्सरा यस ठाँउमा आउँछन र उक्त दिन हरिहरको दर्शन गरी जान्छन भन्ने मान्यता रहेको छ । त्यसैले पनि भक्तजना अहिले यहाँ आएर सिता घाटमा गंगा स्नान गरी हरिहरको मन्दिरभित्र प्रवेश गरी विधी अनुसार पुजा गरी दर्शन गर्ने चलन छ । स्वः स्फर्त रुपमा यहाँ मेला लाग्ने गरेको छ ।

स्वर्गका अप्सरा यस ठाँउमा आइ नाचगान गरी रमाइलो गर्ने गरेको हुँदा विगतका समयमा यहाँ रोइला गाउने गरिन्थ्यो । रातभरी भजन किर्तन गरी विहान नुहाइ धुहाइ गरि हरिहरको दर्शन गरिन्थ्यो जुन ऐतिहासिक चलन अहिले हराएको छ । त्रेता युगमा रामसीता यहाँ आएको र आएको चिनोस्वरुप आफ्नो पैतालाको छाप छाडेको हुँदा यो ठाँउ सितापाइला नामले पनि परिचित रहेकाे जनविश्वास छ ।

पोखराको मध्य भागबाट बगेको सेती नदीमाथी बनेको ढुंगाको प्राकृतिक साँघु नै मेलाको प्रमुख आकर्षण हो । सोही ढुंगाको नामबाटै त्यस ठाउँको नाम ढुंगेसाँघु रहन गएको हो भन्ने किम्वदन्ती छ ।

पाेखराकाे देउराली ब्याण्डले २०५२ सालकाे अन्त्यताका बजारमा सार्वजनिक गरेकाे ‘अन्याेल’  नामक एल्वममा समेटिएकाे ‘ ढुंगेसाँघुकाे मेलामा…’ बाेलकाे गीत अहिलेसम्मपनि चर्चामा छ ।

स्व. विनाेद गाैचनले २०५५ सालमा ‘ढुंगेसाँघुकाे मेलामा’ कविता संग्रह प्रकासित गरेका थिए ।

 

पाेखरेली गायक उज्वल भण्डारीले ‘यसपाली ढुंगेसाँघुमा…’बाेलकाे गीत गाएका छन् ।

याे मेला १८६४ देखि निरन्तर चल्दै आएकाे बताइन्छ ।

प्रकाशित मिति २०८० माघ १ गते सोमबार ०४:५९
हजुरको प्रतिक्रिया