२०८३ साउन २१ गते बिहीबार

१९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपाली टोलीले आज वेस्ट इन्डिजसँग खेल्दै

१९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपाली टोलीले आज वेस्ट इन्डिजसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार ०९:५३

यसअघि नेपालले शनिबार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

पोखरा ।

आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि नेपालले शनिबार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

आईसीसीले विश्वकपअघि हरेक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको हो । १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

प्रकाशित मिति २०८० माघ २ गते मंगलबार ०९:५३
हजुरको प्रतिक्रिया