२०८३ असोज २४ गते शनिबार

टाइगर कप भलिबलः महिलातर्फ घरेलु टोली गण्डकी पराजित

टाइगर कप भलिबलः महिलातर्फ घरेलु टोली गण्डकी पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार १०:३५

पाेखरा पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३–० को सोझो...

पाेखरा

पोखरामा जारी चौंथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश राजित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित गरेको हो ।

गण्डकी प्रदेशको टिमलाई राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् ।

३ जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबसँग २५–१० र २५–०९ ले पराजित हुन पुग्यो ।

लगातार २ सेट गुमाएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि पुनरागमन गर्न सकेन ।

अन्ततः २५–१६ सेटमा चित्त बुझाउँदै सोझो सेटमा पराजित हुन पुगेको हो ।

यो जितसँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ ।

लिककम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिसले आफ्नो पहिलो खेल आइतबार अर्को विभागीय टिम एपीएफ क्लबसँग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो ।

समूहमा एपीएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।

जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् ।

यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत छन् ।

पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित मिति २०८० माघ २ गते मंगलबार १०:३५
हजुरको प्रतिक्रिया