२०८३ असोज २४ गते शनिबार

युवा सराेकार

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २ गते मंगलबार ०३:०३

रूस–युक्रेन युद्धमा थप एक युवकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको संख्या १२ जना पुगेको छ ।

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ ।

रूस–युक्रेन युद्धमा थप एक युवकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको संख्या १२ जना पुगेको छ ।

लमजुङ दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरूङको मृत्यु भएको पालिकाका सूचना अधिकारी रमण बरालले जानकारी दिए । उनका अनुसार रूसी फौजमा भर्ना भएका गुरूङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।
उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए ।

जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

गत मंसिर २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताएका थिए ।

प्रकाशित मिति २०८० माघ २ गते मंगलबार ०३:०३
हजुरको प्रतिक्रिया