२०८३ असोज २४ गते शनिबार

टाइगर कप भलिबलः लगातार २ हारसँगै समूह चरणबाटै बाहिरियो गण्डकी महिला टिम

टाइगर कप भलिबलः लगातार २ हारसँगै समूह चरणबाटै बाहिरियो गण्डकी महिला टिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ३ गते बुधबार ११:३७

गण्डकी मंगलबार भएको खेलमा अर्को विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।

पोखरा

पोखरामा जारी चौंथो टाइगर कपमा महिलातर्फको खेलमा लगातार २ खेल पराजित हुँदै घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा डिफेन्डिङ च्यामिपयन एपीएफसँथ ३–० को सोझो सेटमा पराजित हुँदै गण्डकी प्रतियोगिताबाट बाहिरिएको हो ।

विभागीय टिम एपीएफले पहिलो सेट २५–१६, दोस्रो सेट २५–०९ र तेस्रो सेट २५–१७ ले जित निकालेको हो ।

खेलमा यो जितसँगै एपीएफ समूह ए बाट ५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

गण्डकी मंगलबार भएको खेलमा अर्को विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।

गण्डकीलाई राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाहीले सम्हालेकी थिइन् ।

३ जना भारतीय राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकीले प्रतियोगिताकै कमजोर प्रदर्शन गरेको हो ।

योसँगै जारी प्रतियोगितामा एपीएफले समूह चरणको आफ्ना दुबै खेल जितेको हो ।

पहिलो दिन एपीएफले नेपाल पुलिसलाई ३–२ ले पराजित गरेको थियो । समूह ‘ए’मा ४ अंकसहित नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ ।

जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् ।

यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत छन् ।

पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपीएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

प्रकाशित मिति २०८० माघ ३ गते बुधबार ११:३७
हजुरको प्रतिक्रिया