२०८३ साउन २१ गते बिहीबार

टाइगर कपमा हरियाणा क्लब बाहिरियो, चन्द्रागिरि समूह विजेता

टाइगर कपमा हरियाणा क्लब बाहिरियो, चन्द्रागिरि समूह विजेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ३ गते बुधबार १२:३७

पोखरा भारतको हरियाणा टिमलाई हराउँदै चन्द्रागिरि न्यु डायमन्ड पोखरामा जारी चौंथो टाइगर कपमा समूह ‘बी’तर्फ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’अन्तर्गत बुधबार भएको अन्तिम खेलमा चन्द्रागिरीले ३–० को सोझो सेटमा...

पोखरा

भारतको हरियाणा टिमलाई हराउँदै चन्द्रागिरि न्यु डायमन्ड पोखरामा जारी चौंथो टाइगर कपमा समूह ‘बी’तर्फ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ‘बी’अन्तर्गत बुधबार भएको अन्तिम खेलमा चन्द्रागिरीले ३–० को सोझो सेटमा जित निकालेको हो ।

चन्द्रागिरिले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ हरियाणालाई पराजित गरेको हो ।

हारसँगै आमन्त्रित टोली हरियाणा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगबार भएको समूह चरणको पहिलो खेलमा हरियाणालाई विभागीय टोली नेपाल आर्मीले ३–२ ले पराजित गरेको थियो ।

प्रतियोगितामा भारतको हरियाणा भलिबल टिम पहिलो पटक सहभागी भएको थियो ।

उक्त टिमको नेतृत्व भारतको राष्ट्रिय महिला भलिबल टिमकी कप्तान मिनिमोल अब्राहमले गरेकी थिइन् ।

समूह ‘बी’अन्तर्गत विभागीय टिम नेपाल आर्मी २ अंकसहित उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

आजै भएको समूह ‘ए’ अन्तर्गत खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित बनाएको छ ।

हारसँगै गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए अन्तर्गत नेपाल पुलिस कुल ४ अंकका साथ उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रकाशित मिति २०८० माघ ३ गते बुधबार १२:३७
हजुरको प्रतिक्रिया