२०८३ साउन २१ गते बिहीबार

सफल पोखरा म्याराथनबारे अन्तर्क्रिया

सफल पोखरा म्याराथनबारे अन्तर्क्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ४ गते बिहीबार ०६:४१

पोखरा १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीबारे बिहिबार पोखरामा अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने...

पोखरा

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीबारे बिहिबार पोखरामा अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे ।

हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए ।

उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड ९पिस रन० का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता थियो ।

 

प्रकाशित मिति २०८० माघ ४ गते बिहीबार ०६:४१
हजुरको प्रतिक्रिया