भुरुङ तातोपानीसम्म पुगेर निर्माणाधीन सडक समयमै सक्न मन्त्री ज्यालाको निर्देशन
म्याग्दी/भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् ।
सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गरेका हुन्् । कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न निर्देशन दिए ।
मन्त्री ज्यालाले सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गरेका थिए । कालिगण्डकी नदीको कटानले साँघुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडि बढाउने मन्त्री ज्यालाको भनाइ छ । सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआरसमेत आयोजनाले स्वीकृतिका लागि अगाडि बढाएको छ । मन्त्री ज्यालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले समस्याबारे जानकारी गराएका थिए ।
प्रतिनिधिसभा सांसद गर्बुजा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री जुग्जालीले बर्खाको समयमा जोखिमपूर्ण स्थान आसपासमा बैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माणक्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धता अनुसार काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघिसमेत बढाउनुपर्ने बताएका थिए ।
कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको छ । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।
प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ०६:१८




