२०८३ साउन २१ गते बिहीबार

दुग्ध बोर्डका उपाध्यक्ष महतको गाडी खोसिएपछि जंगिए पूर्वमुख्यमन्त्री खगराज

दुग्ध बोर्डका उपाध्यक्ष महतको गाडी खोसिएपछि जंगिए पूर्वमुख्यमन्त्री खगराज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ७ गते आइतबार ०५:४४

खगराज अधिकरी नेतृत्वको मन्त्रिपरिषद बैठकले गत फागुन ११ गते बोर्डको उपाध्यक्षमा पूर्व संघीय सांसद तिलक महतलाई नियुक्त गरेको थियो

मन्त्रीको पिएले गाडी खोस्ने भन्दै कर्मचारीलाई हकारे

पाेखरा

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी आफूले नियुक्त गरेका दूग्ध विकास बोर्डका उपाध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक महत)को गाडी खोसिएको विषयमा कर्मचारीसँग जंगिएका छन् ।

आइतबार भएको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेतासमेत रहेका अधिकारीले उपाध्यक्ष महतको गाडी खोसिएको विषयलाई लिएर कृषि तथा भूमि व्यवस्था मन्त्रालयका कर्मचारीलाई हकारेका हुन् ।

सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकको पाँचौ प्रतिवेदनमाथि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, सामाजिक तथा स्वास्थ्यलगायतका मन्त्रालयसँग सम्बन्धित छलफल चल्दै थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव गंगालाल पोखरेलले कृषि कार्यक्रम र अनुदानका विषयमा उठेका विषयको जवाफ दिँदै थिए ।

बोल्ने क्रममा पूर्व मुख्यमन्त्री अधिकारीले उनलाई रोकेर दूग्ध विकास बोर्डका उपाध्यक्षको गाडी खोसिएको विषय उठाउँदै जंगिएका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले मन्त्रीको पिएले गाडी खोस्ने भन्दै कर्मचारीलाई हकारेका थिए ।

पूर्व मुख्यमन्त्री खगराज अधिकरी नेतृत्वको मन्त्रिपरिषद बैठकले गत फागुन ११ गते बोर्डको उपाध्यक्षमा पूर्व संघीय सांसद तिलक महतलाई नियुक्त गरेको थियो ।

बोर्डको उपाध्यक्ष नियुक्त पूर्व संघीय सांसद महतले कार्यालय र कार्यान्वयन गर्ने कुनै कार्यक्रम नभए पनि गाडी तथा सुविधा भने लिइरहेका थिए ।

मुख्यमन्त्री पाण्डे नेतृत्वमा नवलपुरकै महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री छन् । महत पनि नवलपुरकै हुन् ।

गत असोजमै महतले चढेको गाडी मन्त्रालयले थुतेपछि पूर्व मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दल एमालेका नेता खगराज रुष्ट छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा त्यही विषय निकालेर खगराजले अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

ऐनले उपाध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा प्रदेशका सहायक मन्त्रीसरह हुने व्यवस्था गरेअनुसार महतले तलब सुविधा भने लिँदै आएका छन् ।

प्रकाशित मिति २०८० माघ ७ गते आइतबार ०५:४४
हजुरको प्रतिक्रिया