२०८३ साउन २१ गते बिहीबार

राजनीति

कांग्रेस सभापति देउवा भन्छन्ः गठबन्धन नगरी पार्टीले जित्नु पर्‍यो नि !

कांग्रेस सभापति देउवा भन्छन्ः गठबन्धन नगरी पार्टीले जित्नु पर्‍यो नि !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ९ गते मंगलबार ०७:२०

‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नैपर्ने हुन्छ । गठबन्धन गरेर जाँदाखेरि समस्याहरु छन्, हाम्रो पार्टीमा,’ देउवाले भने

पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह

पोखरा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीलाई बलियो बनाए गठबन्धन गर्नै नपर्ने बताएका छन् ।

पोखरामा मंगलबार भएको कास्की कांग्रेसको सम्मेलनलाई संवोधन गर्दै देउवाले पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउन आग्रह गरेका हुन् ।

सम्मेलनमा केन्द्रीय सदस्य प्रदीप पौडेल, गुरु बराललगायतले गठबन्धनका कारण पार्टीका इमान्दार नेता कार्यकर्तालाई अन्याय भएको बताएपछि देउवाले सत्ताका लागि पनि गठबन्धन गर्नैपर्ने अवस्था रहेको बताए ।

‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नैपर्ने हुन्छ । गठबन्धन गरेर जाँदाखेरि समस्याहरु छन्, हाम्रो पार्टीमा,’ देउवाले भने, ‘गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस् न ! गठबन्धन गर्नै पर्दैन नि पार्टी बलियो भए त । तर, गर्ने के ? पार्टीले जित्नुप¥यो नि ।’

सत्तामा जानका लागि पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाको भनाइ थितयो । ‘पहिले शेरबहादुरले बिगा¥यो, बिगा¥यो भने पछि लिएर आएपछि चाहिँ… सत्ता सबै हिसाबले आवश्यक छ । संसारभरि नै सत्ताका लागि मारामारी छ, चुनाव भइराखेको छ,’ देउवाले भने ।

प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार ०७:२०
हजुरको प्रतिक्रिया