२०८३ असोज २४ गते शनिबार

मुख्य समाचार

गण्डकी सरकारको सम्पत्ति खोजी, सांसदलाई पनि गाडीको चाहना !

गण्डकी सरकारको सम्पत्ति खोजी, सांसदलाई पनि गाडीको चाहना !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १० गते बुधबार ०६:४४

गण्डकी प्रदेशका सवारी साधनको संख्या, अहिले प्रयोग भइरहेको कार्यालय र अवस्थाबारे पनि अहिलेसम्म सांसदले नै जानकारी नपाएको उनीहरुकै भनाइ छ

मन्त्रालयका वेबसाइड पनि अपडेट गराउन निर्देशन

पाेखरा

सार्वजनिक लेखा समितिले सरकारको चलअचल सम्पत्तिको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

गण्डकी प्रदेश सरकारको अहिलेसम्मको बेरुजू र मातहतबाट भएका काममा उठेका प्रश्नहरुमाथि लगातार ६ दिनसम्म चलफल चलाएको समितिले सम्पत्तिको यथार्थ विवरण यथाशिघ्र पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो ।

प्रदेशका नाममा अहिले भएका जग्गा, कर्मचारी विवरण, गाडी तथा विभिन्न जिन्सी सामानहरुसमेत गरी गण्डकी सरकारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण पेश गर्न लेखा समितिले निर्देशन गरेको सभापति सुधीर पौडेलले जानकारी दिए ।

यथार्थ विवरण आइसकेपछि प्रदेशको मिहिन अध्ययन गर्न, आर्थिक भारको आँकलन गर्न र सरकारलाई मितव्ययी बनाउने गरी खबरदारी गर्न पनि सहज हुने पौडेलको भनाइ छ ।

गण्डकी प्रदेशका सवारी साधनको संख्या, अहिले प्रयोग भइरहेको कार्यालय र अवस्थाबारे पनि अहिलेसम्म सांसदले नै जानकारी नपाएको उनीहरुकै भनाइ छ ।

अहिले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय छन् । पहिलेका मन्त्रीहरुले चढेको गाडी अहिले कसले चढिरहेको छ भन्ने जानकारी हुनुपर्ने सांसद दमयन्ती रुचालको भनाइ थियो ।

‘पहिलेका मन्त्रीले चढ्नुभएका सवारी साधन कहाँ छन् ? अहिले कुन कुन मन्त्रालयमा कति कति सवारी साधन छन् ? प्रदेश सरकार सफल हुने ६० जना माननीयलाई जति क्रियाशील बनाउन सकिन्छ भन्नेमा भर छ । हामी जनतामा छिटोछरितो पुग्न नसकेका कारणले पनि गुनासो आउँछ,’ सांसद रुचालले भनिन् ।

समितिले २ महिनाभित्र गण्डकी प्रदेशको बेरुजू फछ्र्यौट गरी प्रगति विवरण पेश गर्न पनि निर्देशन दिएको छ ।

समितिले सबै मन्त्रालय, संसद र मातहतका कार्यालयका वेबसाइड पनि अपडेट नहुने गरेको भन्दै सचेत गराउँदै समितिलाई जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०६:४४
हजुरको प्रतिक्रिया