२०८३ असोज २४ गते शनिबार

सुपर सिक्स दाैडमा अफगानिस्तानलाई हराउनैपर्ने चुनौती

सुपर सिक्स दाैडमा अफगानिस्तानलाई हराउनैपर्ने चुनौती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १२ गते शुक्रबार १०:४९

विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्छ ।

एक उत्कृष्ट साझेदारीकाे पर्खाइ 

काठमाडौं

आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आज अफगानिस्तानसँग खेल्दैछ । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुने भएकाले नेपाल ‘गर या मर’काे स्थितिमा हुनेछ ।

खेल नेपाली समयअनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ ।

नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् ।

विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

हेड टु हेड
यू–१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलो पटक भिड्न लागेका हुन् । यसअघि डिसेम्बरमा भएको यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।

आजको खेलमा नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ। अफगानिस्तान भने त्यही लयलाई निरन्तरता दिँदै लगातार दोस्रो पटक हराउन चाहान्छ।

नेपाली टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, तिलकराज भण्डारी, आकाश चन्द, दीपक बोहोरा, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशालविक्रम केसी र विपिन रावल।

 

प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार १०:४९
हजुरको प्रतिक्रिया