२०८३ असोज २४ गते शनिबार

अफगानिस्तानविरुद्ध चम्किए नेपाली बलर

अफगानिस्तानविरुद्ध चम्किए नेपाली बलर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १२ गते शुक्रबार ०३:२४

अफगानिस्तानविरूद्दकाे 'गर या मर' खेलमा नेपाली बलरहरूले घातक बलिङ गर्दै नेपाललाई आईसीसी यू–१९ विश्वकप २०२४ काे सुपर सिक्स नजिक पुर्याएका छन् ।

आकाश चन्द एक्लैले लिए ५ विकेट

काठमाडौं ।
तीव्र गतिका बलर आकाश चन्दले अफगानिस्तानविरूद्दकाे ‘गर या मर’ खेलमा घातक बलिङ गर्दै नेपाललाई आईसीसी यू–१९ विश्वकप २०२४ काे सुपर सिक्स नजिक पुर्याएका छन् ।

अफगानिस्तानविरूद्दकाे निर्णायक खेलमा ड्रिम सुरुवात गरेको नेपालका लागि तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान शुरूवाती दबाबमा पर्याे ।

आकाशले कुल ७ ओभर बलिङ गर्दै २८ रन दिएर ४ काे इकाेनाेमी रेटमा ५ विकेट लिएपछि अफगानिस्तान संकटमा परेकाे हाे ।

नेपालका लागी अर्का तिब्र गतिका बलर गुल्सन झा ले ७ ओभर फालेर एक मेडनसहित एक विकेट लिँदा ३४ रन खर्चेका छन् भने सुवास भण्डारीले २ ओभर बलिङ गर्दा एक मेडन ओभर सहित २ रन खर्चेर किफायती बलिङ गरेका छन् ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले  याे समाचार तयार पार्दासम्म कुल १६ ओभर खेल्दै ६ विकेटकाे क्षतिमा ७३ रन बनाएर खेलिरहेकाे छ ।

प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०३:२४

हजुरको प्रतिक्रिया