२०८३ असोज २४ गते शनिबार

ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १२ गते शुक्रबार ०५:४६

मेयर नेपालीलाई पक्राउ गर्न रेक कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए

गत जेठ ५ गतेदेखि फरार मेयर नेपालीलाई सवा २ अर्ब अपचलन गरेको आरोप

पाेखरा

बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैेयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

मेयर नेपालीलाई पक्राउ गर्न रेक कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।

बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ । मेयर नेपाली श्रीमतीसहित फरार भएका हुन् ।

प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०५:४६
हजुरको प्रतिक्रिया