२०८३ साउन २१ गते बिहीबार

आज स्वरकिन्नरीद्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

आज स्वरकिन्नरीद्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १३ गते शनिबार ११:०७

पोखरा, हार्मोनी पोखराले आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साझ–२०८० गर्दैछ । साँझ माछापुच्छ्रे बैंक्युटमा साँझ साढे ५ हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीले...

पब्लिक टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

पोखरा,

हार्मोनी पोखराले आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साझ–२०८० गर्दैछ । साँझ माछापुच्छ्रे बैंक्युटमा साँझ साढे ५ हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीले स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भमा ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।

स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्युट दिनेछन् ।

कार्यक्रममा साहित्यकार प्रकाश सायमीले स्व. कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचन दिने ।

त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

करिब दुई घण्टासम्म चल्ने कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतिको सुरुवात गर्नेछिन् ।

त्यसपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फुल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्युट दिनेछन् ।

त्यसपछि शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फुल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौसम तिमीलाई’ गाउनेछिन् ।

गायिका अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट मार्नेछिन् ।

कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै कार्यक्रम सअआयाेजक एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ ।

अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ११:०७
हजुरको प्रतिक्रिया