वर्तमान सत्ता गठबन्धन असफल भइसकेको दाबी
पोखरा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएमा सहकार्य गर्न सकिने बताएका छन् ।
वर्तमान सत्ता गठबन्धन असफल भइसकेको र देशका लागि समेत घातक भएकाले कांग्रेस र एमालेको राजनीतिक सहकार्यका लागि अहिलेको गठबन्धन बाधक रहेको बताए ।
नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको उद्घाटनका सहभागी हुन म्याग्दी आएका महासचिव पोख्रेलले शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा गठबन्धनको नाममा तेस्रो हैसियत भएको दल माओवादी केन्द्रले सत्ताको नेतृत्व गरेको बताए ।
उनले भारतीय दुताबासबाट २० करोडको परियोजनाको नाममा राष्ट्रबादीमाथि प्रहार र भारतीय हस्तक्षेपलाई गठबन्धन सरकारलको बैधानिक अनुमति भएको तर्क गरे । उनले नेकपा एमालेसँग सहकार्यको बाहनामा नेकपा माओवादी केन्द्रले धोका दिएको समेत बताए ।
उनले सत्ताका लागि अहिलेका दलहरूसँग अनावश्यक सम्झौता गर्ने पक्षमा भने नेकपा एमाले नरहेको दाबी गरे । महासचिव पोख्रेलले उत्पादन नै नभएको १० हजार मेगावाट विद्युत बिक्री गर्ने सम्झौता हल्ला मात्रै भएको बताए ।
प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ०६:१२




