पोखरा ।
आईसीसी यू–१९ विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ ।
समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रबार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।
सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।
सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ ।
प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०९:३७