कोटा निर्धारणसँगै माघ २८ गते सम्म खेलाडीको अन्तिम दर्ता हुने
पोखरा,
पोखरा लेकसाइडमा नेपाल भूतपूर्व खेलाडी मञ्च र पर्यटन व्यवसायीबिच बिहिबार अन्तक्रिया कार्यक्रम भएको छ । अन्तरक्रियामा पर्यटन व्यवसायीलाई सफल पोखरा म्याराथनको बारेमा जानकारी दिइयो ।
अन्तक्रिया कार्यक्रमा १८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन २७ सय कोटा निर्धारण गरिएको जनाइएको छ । कोटा निर्धारणसँगै माघ २८ गते सम्म खेलाडीको अन्तिम दर्ता हुने भएको छ ।
संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलोपटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली बताए ।
यस वर्ष खुल्ला म्याराथनसँगै महिलातर्फको हाफ म्याराथन महिला, महिला र पुरुष दुवैतर्फको १० किलोमिटर, तथा छात्र र छात्राको पाँच किलोमिटर दौडमा चिप्सको प्रयोग हुने उनले जानकारी दिए ।
सबै इभेन्टमा चिप्सको प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म सहभागीहरूको अन्तिम दर्ता समय तोकेको छ ।
संघिय सांसद प्रदिप पौडेलले सफल म्याराथनले प्रत्यक्ष रुपमा पोखरामा पर्यटन भित्र्याउन मद्दत गर्ने बताए । उनको अनुसार पोखरालाई अन्तराष्ट्रिय जगतमा चिनाउन राज्यले उपयुक्त लगानी गर्न आवश्यक रहेको जिकिर गरे ।




