२०८३ असोज २३ गते शुक्रबार

अर्थ

सहकारीमा ठग देखा परे, शक्तिशाली नियमन निकाय गठन हुने !

सहकारीमा ठग देखा परे, शक्तिशाली नियमन निकाय गठन हुने !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १९ गते शुक्रबार ०७:२८

समस्याग्रस्त पहिचान भएका सहकारीका चलअचल सम्पत्ति बिक्री गरेर त्यसबाट पनि बचतकर्तालाई न्याय दिनेतिर जानुपर्छ भनेर लागिपरेको गृहमन्त्री श्रेष्ठको आश्वसन थियो

'जानाजान बचतकर्ताको पैसा डुबाइएको छ'

पोखरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठनादेशबाटै भए पनि तत्काल नयमनकारी निकाय गठन गर्ने बताएका छन् ।

अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषित गर्ने भनेर निर्णय गरेर अगाडि बढेको श्रेष्ठले बताएका हुन् ।

पोखरामा शुक्रबारबाट सुरु भएको प्रादेशिक सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले नेपालको सहकारी मूल्यमान्यताबाट विचलित हुन थालेको बताए ।

सहकारी ठग्ने वित्तीय संस्था बनेको उनको भनाइ थियो । त्यसो हुन नदिनका निम्ति ऐनको संशोधनको प्रक्रिया अगाडि बढेको श्रेष्ठले बताए ।

सहकारी नियमनको पनि समस्या रहेको श्रेष्ठको भनाइ थियो । बचत तथा कर्जा सुरक्षण कोष घोषणाा गर्ने तयारी सरकारले गरेको बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीको पहिचान गरी अन्तिम निश्कर्ष दिन यही ढंगले काम गर्दा १० वर्ष लाग्न सम्भावना रहेको श्रेष्ठको भनाइ थियो ।

त्यसकारण समितिमा जनशक्ति थपेर हरेक मुख्य सहरका समस्याका निम्ति एउटा युनिट खडा गरेर छिटो निश्कर्षमा पु¥याउने श्रेष्ठले बताए ।

समस्याग्रस्त पहिचान भएका सहकारीका चलअचल सम्पत्ति बिक्री गरेर त्यसबाट पनि बचतकर्तालाई न्याय दिनेतिर जानुपर्छ भनेर लागिपरेको श्रेष्ठको आश्वसन थियो ।

सहकारीका नाममा ठगहरु देखा परेको श्रेष्ठको भनाइ थियो ।

‘सञ्चालकहरु ठग परेका छन्, जानाजान बचतकर्ताको पैसा डुबाइएको छ । अनियमितता भएको छ, अवैधानिक काम भएको छ र बचतकर्ताको ठूलो हिस्सा बिचल्लीमा पारिएको छ,’ श्रेष्ठले भने ।

प्रकाशित मिति २०८० माघ १९ गते शुक्रबार ०७:२८
हजुरको प्रतिक्रिया