२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीको भ्रष्टचारविरुद्धको लडाई विपक्षलाई तर्साउने साधन होः प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको भ्रष्टचारविरुद्धको लडाई विपक्षलाई तर्साउने साधन होः प्रदीप ज्ञवाली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २० गते शनिबार १०:१२

शनिबार बिहान प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भ्रष्टचारमा जोसुकै संग्लन भएपनि छाड्न नहुनेमा जोड दिए ।

पोखरा ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रष्टारविरुद्धको अभियान विपक्षीलाई तर्साउने साधन भएको टिप्पणी गरेका छन् । यो अभियानमा प्रधानमन्त्रीको इमान्दिरता नदेखिएको उनको आरोप छ ।

शनिबार बिहान प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भ्रष्टचारमा जोसुकै संग्लन भएपनि छाड्न नहुनेमा जोड दिए ।

‘खोज्दै जाँदा जो मान्छे परोस् । भ्रष्टचारीको विचारधारा हुदैन, रंग हुदैन भन्ने ढंगले लडाइ लडियो भने बल्ल त्यो एउटा निष्कर्षमा पुग्ने स्थिती बन्छ । तर, त्यो भइरहेको स्थिती छैन’, उपमहासचिव ज्ञवालीले भने ।

बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेकालाई छुटाउन प्रधानमन्त्री कार्यालयबाट दबाब सिर्जना भइरहेको उनको भनाइ थियो ।

भ्रष्टाचारका जुन प्रकरणको फाइल खोलिएपनि माओवादी नेता जोडिएपछि बन्द भइरहेको उनले बताए ।

‘उहाँको भ्रष्टाचारको छानविन कहाँ पुगेर सकिन्छ ? ललिता निवासको खोज्दै गयो मुख्य निर्णकर्ता माधकुमार नेपाल र बाबुराम भट्टराईको ढोकानिर पुगेपछि गाडीको स्टेरिङ स्वाट्ट काटिन्छ’, ज्ञवालीले भने, ‘सुन तस्करी खोज्दै गयो महराको नाम आउँछ, कस्को नाम आउँछ । भरियाहरुलाई कारबाही गरेर अरु सबैलाई उन्मुक्ति दिने काम हुन्छ ।’

ज्ञवालीले वर्तमान गठबन्धन सरकार रहीरहे देश संकटको भूमरीमा फस्ने उल्लेख गरे । सत्ता गठबन्धन जनताको समस्या समाधान गर्नुको सट्टा शक्ति केन्द्र धाएर सत्ता टिकाउनमा उद्धत रहेको उनको भनाइ छ ।

सरकारको गतिविधिले जनतामा नैराश्यता छाइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० माघ २० गते शनिबार १०:१२

हजुरको प्रतिक्रिया