२०८३ असोज २४ गते शनिबार

पोखरामा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने

पोखरामा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २३ गते मंगलबार १०:५०

पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ ।

 

पोखरा ।

पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।

नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइडमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ ।

स्प्रिन्टअन्तर्गत फेवातालमा ७५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ । दौड गौरीघाट–शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रूटमा यथावत् हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला संघका पदाधिकारीको बैठक बसेको थियो ।

बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन संघ र एसियन ट्रायथोलन एसोसिएसनका अध्यक्षलगायतको सहभागिता हुने बताए ।

पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ ।

प्रकाशित मिति २०८० माघ २३ गते मंगलबार १०:५०
हजुरको प्रतिक्रिया