बालअधिकार उल्लंघन भएमा तत्काल एक्सन टिम निर्माण गरि अघि बढ्नुपर्छ : प्रमुख पौडेल
पोखरा,
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बालबालिकाका विषयमा संविधानले सुनिश्चित गरेका सबै हक कार्यान्वयनमा नभएकाले सरोकालवाला निकायलाई असहजता हटाउन आग्रह गरेका छन् ।
समिति र बाल क्लबहरुबिचको अन्तरक्रियामा प्रमुख पौडेलले सरकारी निकाय संबेदनसिल र जवाफदेहि हुनुपर्ने भन्दै गुनासाको तत्काल समाधानमा ध्यान दिन आग्रह गरेका हुन् ।
उनले बालबालिकाका सरोकारका विषय भोलिको राष्ट्रको भबिष्यसग जोडिएको हुँदा सबै स्थानिय तहहरू हरेक दृष्टिकोणबाट बालमैत्री हुनै पर्ने उल्लेख गरे ।
प्रमुख पौडेलको अनुसार बालअधिकार उल्लंघन भएमा तत्काल एक्सन टिम निर्माण गरि अघि बढ्नुपर्छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आफ्ना कर्तव्य र दायित्व ख्याल गर्दै हक अधिकारको पक्षमा वकालत गर्नुपर्ने उल्लेख गरे ।
कास्कीका सबै स्थानिय तह सहित सरोकारवाला निकाय र सेवा प्रवाह गर्ने निकायलाई बालमैत्री बनाउन प्रयास भएको भिमिरेले जानकारी दिए ।
प्रकाशित मिति २०८० माघ २३ गते मंगलबार ०४:२८




