२०८३ साउन २१ गते बिहीबार

एनएसजेएफ स्पोर्ट्स अवार्डकाे उत्कृष्ट तीनमा क्रिकेटकाे वर्चश्व

एनएसजेएफ स्पोर्ट्स अवार्डकाे उत्कृष्ट तीनमा क्रिकेटकाे वर्चश्व

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २६ गते शुक्रबार ०४:००

युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहेका छन् ।

तीन विधामा ४ क्रिकेटर छनाेट, कसले मार्ला बाजी ?

काठमाडौं । क्रिकेटर आशिफ शेख र रोहितकुमार पौडेल स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनमा छनाेट भएका छन् ।

वर्षको उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेलसंगै एथलेटिक्सका दीपक अधिकारीलाई छनाेट गरिएकाे नेपाल खेलकुद पत्रकार मञ्चले जनाएकाे छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि उत्कृष्ट तीनको छनोट गर्ने क्रममा नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन छनोटमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई छनाेट गरेकाे छ।

शुक्रबार पत्रकार सम्मेनको आयोजना गरी, यहि २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट तीनको छनोट गरिसकेको र विजेता भने कार्यक्रमको दिन चयन गरिने मञ्चका स्पोर्ट्स अवार्ड छनोट समितिका सदस्य गोबिन्दराज नेपालले जानकारी दिए ।

उनले भने,‘वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यमा मञ्चले नयाँ प्रयोग गरेको हो । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा ८–८ जना परेका थिए । त्यसमध्यैबाट आज हामीले उत्कृष्ट तीनको छनोट गरेका छन् । उत्कृष्ट तीनबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।’

युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहेका छन् ।

 

 

प्रकाशित मिति २०८० माघ २६ गते शुक्रबार ०४:००
हजुरको प्रतिक्रिया