२०८३ साउन २१ गते बिहीबार

फ्राइडे रिलिज : ‘हात्तीछाप’ भर्सेस ‘दयारानी’

फ्राइडे रिलिज : ‘हात्तीछाप’  भर्सेस ‘दयारानी’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २६ गते शुक्रबार ०४:४४

‘हात्तीछाप’ र ‘दयारानी’ सँग शाहिद कपुर र कृति सेनन् अभिनित फिल्म 'तेरी बातो में ऐसा उलझा जिया'ले पनि प्रतिष्पर्धा गर्नेछ ।

दयाहाङ भर्सेस दयाहाङकाे चेपुवामा निर्माता

पाेखरा । फ्राइडे रिलिजअन्तर्गत शुक्रबार दुईवटा नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ।

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका प्रोडक्सन हेड सुरज आचार्य हुन्। चलचित्र ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्स १६४ शोज पाएको छ र सिंगल थिएटरमा पनि चलचित्रले राम्रै शोज पाएको छ ।

यता, माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ लाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।

‘दयारानी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् । उनको अपोजिटमा दीया पुन छिन् । विजय बराल, पुस्कर गुरुङलगायत कलाकारकाे मुख्य भूमिका रहेकाे फिल्मका लेखक पनि निर्देशक स्वयं हुन् ।

चलचित्र ‘दयारानी’ मल्टिप्लेक्समा ११३ शोज पाएको छ र सिंगल थिएटरमा पनि यो चलचित्रले राम्रै शोज पाएको छ ।

दयाहाङका दुई फिल्मसँगै याे शुक्रबार बलिउड फिल्म ‘तेरी बातो में ऐसा उलझा जिया’ प्रदर्शनमा आएको छ। अमित जोशी र आराधना शाहले निर्देशन गरेको फिल्मलाई दिनेश भिजनले निर्माण गरेका छन्। फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ।

यो फिल्ममार्फत शाहिद र कृतिले पहिलोपटक एकसाथ काम गरेका हुन्।

 

प्रकाशित मिति २०८० माघ २६ गते शुक्रबार ०४:४४
हजुरको प्रतिक्रिया