पाेखरा । पोखरा महानगरपालिका भित्रको पार्किङ शुल्क व्यवस्थापनका सम्वन्धमा असन्तुष्टी जनाउँदे विरोध प्रर्दशन भएको छ । जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले सोमबार पोखरा महानगरपालिका अगाडि विरोध प्रर्दशन गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हाे ।
अभियानले पार्किङ शुल्क व्यवस्थापनकाे ठेक्का प्रक्रियामा असन्तुष्टि जनाएकाे छ । शुल्क बुझाउने ग्राहककाे सवारीकाे सुरक्षा, शुल्ककाे मुल्य, शुल्क उठाइने स्थान लगायतका विषयमा ठेक्का प्रकृयामा कुनै सम्बाेधन नभएकाे लगायतका विषयहरूमा अभियानले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
अभियानले पार्किङ शुल्क मनोमानी ढंगले उठाइएको एवम् अव्यवहारिक रहेको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
अभियानले तत्कालै अव्यवहारिक ठेक्का प्रक्रियालाई खारेज गर्न माग समेत गरेको छ । प्रर्दशन तथा कास्की जिल्लाका संयोजक नारायण हरि तिवारीले व्यवस्थित पार्किङको अभाव हुँदा मनोमानी ढंगबाट ठेक्का प्रक्रिया सुरु गरेर शुल्क उठाउन नमिल्ने बताएका छन् । उनले नागरिकले पार्किङको शुल्क बुझाइसकेपछि उनीहरुले पाउने सुविधाको ग्यारेन्टी दिन जरुरी रहेको बताए ।
अभियानको ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख मानबहादुर जिसीले यस विसयमा महानगरको ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।
प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०३:५८




