पाेखरा
क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा पनि नेपालले जित निकालेकाे छ । नेपालकाे जितमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।
नेपालका एकदिवसीय क्रिकेटको एउटै खेलमा उच्च साझेदारीसँगै २ ब्याटर शतक बनाएको यो पहिलो पटक हो ।
उनीहरुले १८९ रनकाे कीर्तिमानी साझेदारी गर्दा क्यानडालाई ९ विकेटकाे विशाल अन्तरले पराजित गर्न सफल रह्याे ।
त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो । उनीपछि क्रिजमा भीम आएका थिए ।
अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे । भीमले १२१ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।
प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०४:०३