२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

गण्डकीको मन्त्रिपरिषद बैठक पहिलो पटक पोखराबाहिर बस्यो

गण्डकीको मन्त्रिपरिषद बैठक पहिलो पटक पोखराबाहिर बस्यो

डम्मर बुढामगर

@Public 4K Tv

२०८० माघ २९ गते सोमबार ०४:५२

आगामी अधिवेशनका लागि थप दुई वटा विधेयक तयार

घातक रोगबाट उपचाररतलाई आर्थिक सहायता दिनेसहित ८ निर्णय

बागलुङ

सोमबार बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा बसेको मन्त्री परिषद् बैठकले घातक रोगबाट उपचार गराइरहेकालाई आर्थिक सहायता उपलब्ध गराउनेसहित आठ निर्णय गरेको हो ।

आगामी अधिवेशनका लागि थप दुई वटा विधेयक तयार गरेको छ ।

प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्ने विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भारसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिएको छ । मनाङको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ ।

समपूरक तथा विशेष अनुदान अन्तर्गत आयोजना–कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय पनि भएको गण्डकी सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

बैठकले गण्डकी प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०८० स्वीकृत गरेको छ भने गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

गण्डकी सरकारले आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्त श्री ब्राह्माण्डीय महायज्ञलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

प्रकाशित मिति २०८० माघ २९ गते सोमबार ०४:५२
हजुरको प्रतिक्रिया