२०८३ असोज २४ गते शनिबार

एसीसी महिला प्रिमियर कपः नेपालले आज माल्दिभ्ससँग खेल्दै

एसीसी महिला प्रिमियर कपः नेपालले आज माल्दिभ्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १ गते मंगलबार १०:१८

नेपालले यस अघि लगातार दुई खेल जितेको थियो । नेपालले हङकङ र भुटानलाई समान ८–८ विकेटले हराएको थियो ।

पोखरा ।

एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको वाईएसडी ओभलमा सुरु हुनेछ ।

नेपालले यस अघि लगातार दुई खेल जितेको थियो । नेपालले हङकङ र भुटानलाई समान ८–८ विकेटले हराएको थियो ।

माल्दिभ्स यस अघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल ४ अंकसहित समूह डी को शिर्ष स्थानमा छ ।

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति २०८० फागुन १ गते मंगलबार १०:१८

हजुरको प्रतिक्रिया