२०८३ असोज २४ गते शनिबार

एसीसी महिला प्रिमियर कपः नेपालले आज मलेसियासँग खेल्दै

एसीसी महिला प्रिमियर कपः नेपालले आज मलेसियासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ४ गते शुक्रबार ०८:५०

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

पोखरा ।

एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

यस प्रतियोगितामा नेपाल अपराजित छ । नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो ।

मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ ।

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन् । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ ।

पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन् ।

प्रकाशित मिति २०८० फागुन ४ गते शुक्रबार ०८:५०
हजुरको प्रतिक्रिया