२०८३ कात्तिक ११ गते मंगलबार

विभिन्न सरकारी नक्कली छाप र जंगली जनावरको सिङसहित तीन जना पक्राउ

विभिन्न सरकारी नक्कली छाप र जंगली जनावरको सिङसहित तीन जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ४ गते शुक्रबार १०:३९

पोखराको नयाँबजारस्थित ब्लु होम डेकोरबाट सरकारी कार्यालय, वडा कार्यालयको छापसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा ।

विभिन्न संघसंस्थाको नक्कली छाप र जरायोको जस्तो देखिने सिङसहित ३ युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको ब्लु होम डेकोरबाट विभिन्न सरकारी कार्यालयहरू, वडा कार्यालयहरू समेतका छापहरू तथा जंगली जनावर जरायोको जस्तो देखिने सिङ समेत लुकाई छिपाई राखेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण व्युरोको टोलीले बुधबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ पुरनचौर घर भइ नयाँबजार बस्ने २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र नयाँबजार बस्ने २९ वर्षीय विवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुको साथबाट २४ थान छाप र जरायोको जस्तो देखिने २ वटा सिंह बरामद गरिएको विकले जानकारी दिए ।

यस्तै छाप बनाउन प्रयोग गरिने केइसी लेखेको मेसिन, हाइटेक लेखेको मनिटर र १ थना सिपियु बारमद गरिएको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

जरायो जस्तो देखिने सिंहसहित थप अनुसन्धानमा डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

 

 

 

प्रकाशित मिति २०८० फागुन ४ गते शुक्रबार १०:३९
हजुरको प्रतिक्रिया