पोखरा ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
बिहीबारदेखि सुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।
नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् ।
जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ ।
नेपाल आज पहिलो जितको खोजीमा मैदान उत्रदै छ ।
नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृंखलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् ।
पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्रकाशित मिति २०८० फागुन ५ गते शनिबार ०७:५४