२०८३ असोज २४ गते शनिबार

डुम्रेमा आँखा शिविर, करिव ४ सय ५० जनाले गराए आँखा जाँच

डुम्रेमा आँखा शिविर, करिव ४ सय ५० जनाले गराए आँखा जाँच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ६ गते आइतबार १०:४८

आँखाको जाँच हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर गोविन्द ढकाल र पल्लबी सुल्पेलगायतको टालीले गरेको थियो ।

तनहुँ ।

डुम्रे साँस्कृतिक युवा परिवारको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा तनहुँको बन्दिपुर १ डुम्रेमा आँखा शिविर भएको छ ।

शनिबार भएको शिविरमा करिव ४ सय ५० जनाले आँखाको जाँच गराएको संस्थाका सदस्य तथा ध्रुवतारा युवा क्लव बन्दिपुर १ नाहालाका अध्यक्ष सुशिल न्यौपानेले जानकारी दिए ।

आँखाको जाँच हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर गोविन्द ढकाल र पल्लबी सुल्पेलगायतको टालीले गरेको थियो ।

शिविरको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले नागरिकको स्वस्थ्यप्रति स्थानीय सरकार सदैव सचेत रहेको भन्दै स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच हुनुपर्नेमा जोड दिए ।

सो कार्यका लागि गाउँ पालिका सहयोग गर्न तत्पर रहेको थापाको भनाइ छ ।

आँखा शिविर संचालनका लागि डुम्रे आसपास रहेका विभिन्न संघ संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

बन्दिपुर ४ को डुम्रे बजारमा रहेको डुम्रे साँस्कृतिक युवा परिवारले समय–समयमा सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेको संस्थाका दिनेश प्रधानले जानकारी दिए ।

साँस्कृतिक युवा परिवारका पूर्व अध्यक्ष राजेन्द्र पियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष दानबहादुर थापा, शिविर व्यवस्थापन समितिका संयोजक शम्भु श्रेष्ठ, सह–संयोजक ध्रुबकुमार श्रेष्ठलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति २०८० फागुन ६ गते आइतबार १०:४८
हजुरको प्रतिक्रिया