पोखरा
गायिका सुनिता थेगिम र धीरेन्द्र मगरको स्वरमा कुहिरो गीत सार्वजनिक भएको छ ।
संगीत मगरको शब्दमा तयार भएको गीतमा मनोज थापामगरले संगीत संयोजनमा सघाएका छन् ।
तत्कालीन सशस्त्र द्वन्द्वकालीन समयलाई टिपेर गीतको म्युजिक भिडियो तयार पारिएको गायक धीरेन्द्रले बताए ।
द्वन्द्व सकिए पनि त्यसको असर रहिरहँदा वैदेशिक रोजगारमा जान उपाय खोजिरहेकी एक युवतीको कथा गीतमा प्रस्तुत गरिएको उनको भनाइ छ ।
धीरेन्द्रले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बुवाको सम्झनामा बाँचेकी छोरीको कथा गीतमार्फत भन्न खोजिएको सुनाए ।
उनले भने, ‘माओवादी सेनाको सदस्यको रुपमा आफ्नो बुवाको विगतका सम्झनाहरुसँग गाँसिएको छोरीको भवनात्मक यात्रालाई कुहिरोले देखाउन कोेशिस गरेको छ ।’
गीतको भिडियोको निर्देशन विशाल रोकामगरले गरेका हुन् भने कास्टिङ निर्देशकको रुपमा जेके थापा छन् ।
गीतमा निशा मगर, हितमान रोकामगर, सपना बुढामगर, लालसरी पुनमगर, खुमबहादुर पुनमगर, पासाङ झाँक्री लगायतले अभिनय गरेका छन् ।
‘कुहिरो गीत’को म्युजिक भिडियो रोल्पाको सुनछहरी गाउँपालिका, ७ मा खिचिएको हो ।
पर्यटकीय स्थल जलजलाको प्रवेशद्वार जेलबाङमा तत्कालीन १० वर्षे शसस्त्र द्वन्द्वमा ७२ जनाले ज्यान गुमाएका थिए ।
संगीत र धीरेन्द्रको यो दोस्रो सांगीतिक कोशेली हो ।
यसअघि उनीहरुले मगर खाम समुदायमा प्रचलित वैवाहिक संस्कारलाई गीतमार्फत प्रस्तुत गरेका थिए ।
लिंकः




