२०८३ असोज २४ गते शनिबार

पोखरामा बुधबारदेखि सूर्य नेपाल गल्फ, ५० गल्फरको सहभागिता

पोखरामा बुधबारदेखि सूर्य नेपाल गल्फ, ५० गल्फरको सहभागिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ८ गते मंगलबार ०५:५२

प्रतियोगितामा ३५ प्रोफेशनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा

पोखरामा बुधबारदेखि सूर्य नेपाल वेस्र्टन ओपन गल्फ हुने भएको छ । प्रोफेशनल गल्फ संघ नेपालको आयोजनामा पोखराको हिमालयन गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो ।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत चौंथो प्रतियोगिता भएको रविन्द्रमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रतियोगितामा ३५ प्रोफेशनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

डिफेन्डिङ च्याम्पियन नेपालका नम्बर १ ¥यांकका गल्फर शुक्रबहादुर राइ र सुवास तामाङले यो प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् ।

दिनेश प्रजापति, भुवन नगरकोटी, रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा, सद्भाव आचार्य प्रतियोगितामा दाबेदार खेलाडी हुन् ।

३३ होलको समाप्तीमा कट लागु हुने श्रेष्ठले बताए । ‘जहाँ २१ प्रोफेशनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्’, उनले भने ।

एमेच्योर खेलाडीको हकमा पनि प्रोफेशनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ हात पर्नेछन् । दोस्रोले ९६ हजार र तेस्रोले ७२ हजार रुपैयाँ पाउनेछन् । यस्तै चौंथोले ५९ हजार र पाँचौले ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

कुल ८ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार सहभागीलाई बाँडिने आयोजकले जानकारी दिएको छ ।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत कुल ८ प्रतियोगिता सञ्चालन गर्ने सम्झौता छ । ६५ लाख रुपैयाँ पुरस्कार खर्च गरिनेछ ।

प्रकाशित मिति २०८० फागुन ८ गते मंगलबार ०५:५२
हजुरको प्रतिक्रिया