२०८३ साउन २१ गते बिहीबार

दुर्घटना/ अपराध

सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका वडाध्यक्ष तुरुन्तै प्रक्राउ

सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका वडाध्यक्ष तुरुन्तै प्रक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ८ गते मंगलबार ०८:०३

झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो

२ करोड बराबर ठगी गरेको आरोप

पोखरा

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लखा धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् ।

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । मंगलबार आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो ।

‘अदालतमा उपस्थित भएपछि सम्मानित अदालतले धरौटीमा आड्ने आदेश गरेपनि उहाँविरुद्ध ठगीको अर्को जाहेरी थियो, सोहीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ एसपी थापाले भने ।

सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएका थिए । उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो ।

मित्रमिलन सहकारी प्रकरणमा ६ जना पुर्पक्षका लागि थुनामा छन् भने वडाध्यक्ष सुवेदीसहित ६ जना धरौटीमा रिहा भएका हुन् ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार÷शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् ।

२३ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति २०८० फागुन ८ गते मंगलबार ०८:०३
हजुरको प्रतिक्रिया