पोखरा ।
आइसिसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ ।
खेल बिहान ९ः३० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरू हुनेछ ।
नेपालले जारी सिरिजको तेस्रो खेल खेल्दै छ भने नामिबियासँग सिरिजको दोस्रो खेल खेल्दैछ ।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
नेपालले फागुन १३ गते पुनः नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ ।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग–२ मा आठ टिम भिड्दैछन् ।
आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ ।
आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन् ।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति २०८० फागुन ९ गते बुधबार ०८:४८