२०८३ साउन २१ गते बिहीबार

लागूऔषध गाँजासहित पोखरामा एक जना पक्राउ

लागूऔषध गाँजासहित पोखरामा एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ९ गते बुधबार १०:२०

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का भीमबहादुर घलान रहेका छन् ।

 

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का भीमबहादुर घलान रहेका छन् ।

घलानलाई मंगलबार राति पोखरा ३० पावरहाउसमा नारायणगढबाट पोखरा आउँदै गरेको बसमा चेकजाँच गर्नेक्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ३ किलो गाँजा र एक थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

घलानविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० फागुन ९ गते बुधबार १०:२०
हजुरको प्रतिक्रिया