२०८३ साउन २१ गते बिहीबार

मादीमा अन्तरपालिका भलिबल हुँदै, विजेतालाई ३ लाख पुरस्कार

मादीमा अन्तरपालिका भलिबल हुँदै, विजेतालाई ३ लाख पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ९ गते बुधबार १२:५४

अध्यक्ष कप भलिबलको विजेता टोलीले ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा

कास्कीको मादी गाउँपालिकाले प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोेगिता गर्ने भएको छ । गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरेकोे हो ।

फागुन २७ देखि २९ गतेसम्म मादीको याङजाकोटमा खेल सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट मादीको पर्यटन प्रबद्र्धन गर्न अध्यक्ष कप आयोजनना गरेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए ।

मादीमा नेपालकै सबैभन्दा कम उचाइमा रहेको कुपुचे हिमताल र प्रसिद्ध कोरी क्षेत्र पर्छ । ‘स्थानीय तहबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा प्रतियोगिता सहयोगी बन्नेछ’, अध्यक्ष गुरुङको भनाइ थियो ।

अध्यक्ष कप भलिबलको विजेता टोलीले ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनले २ लाख  र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाले जानकारी दिएको छ । चौंथो हुनेलाई ५० हजार रुपैैयाँ प्रदान गरिनेछ । विभिन्न विधाका खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिन्छ ।

यस्तै, मादीका विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हजिरीजवाफको विजेता, दोस्रो र तेस्रोले क्रमशः १५ हजार, १० रुपैयाँ र ५ हजार रुपैयाँ पाउनेछन् ।

स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारीमा आबद्ध व्यक्तिहरुलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई ग्राम पिता र माता घोषणा गरिनेछ ।

प्रकाशित मिति २०८० फागुन ९ गते बुधबार १२:५४

हजुरको प्रतिक्रिया