२०८३ असोज २४ गते शनिबार

बाह्रखरी गल्फ चैत १ गतेदेखि, विजेतालाई गाडी

बाह्रखरी गल्फ चैत १ गतेदेखि, विजेतालाई गाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ११ गते शुक्रबार ०६:५५

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् भने होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार पाउने आयोजकले जानकारी दिएकोे छ ।

पाेखरा

बाह्रखरी मिडियाले बर्सेनि गर्दैै आएको बाह्रखरी गल्फ एन्ड बियोन्ड चैत १ गतेदेखि पोखरामा हुने भएको छ ।

बाह्रखरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता ३ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् भने होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार पाउने आयोजकले जानकारी दिएकोे छ ।

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले प्रतियोगितासँगै पहिलो दिन साइकल र्‍याली र दोस्रो दिन गण्डकीका मुख्यमन्त्री र पोखराका मेयरसँग अन्तरक्रिया गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बाह्रखरी गल्फ प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा देशभरबाट करिब १ सय २० कर्पोरेट गल्फका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता हिमालयन गल्फ कोर्स, मझेरीपाटनमा हुनेछ ।

प्रकाशित मिति २०८० फागुन ११ गते शुक्रबार ०६:५५
हजुरको प्रतिक्रिया