२०८३ साउन २१ गते बिहीबार

अकाउण्टबिलिटी ल्याबको सूचना पहुँच सम्बन्धि अन्तरक्रिया

अकाउण्टबिलिटी ल्याबको सूचना पहुँच सम्बन्धि अन्तरक्रिया

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १२ गते शनिबार ०८:४१

अन्तरक्रियामा सहभागीले सरकारी निकायले सूचनाको पहुँच बढाउनै नचाहेको गुनासो गरे ।

पोखरा

सुशासन र पारदर्शिताको सवालमा काम गर्दै आइरहेको संस्था अकाउण्टबिलिटी ल्याबले डिजिटल सूचनामा पहुँच सम्बन्धि अन्तरक्रिया गरेको छ ।

अकाउण्टबिलिटी ल्याबले पोखरामा खुला सरकारको अवधारणा अनुसार सूचनामा सर्वसाधरणको पहुँचबारे अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा सहभागीले खुला सरकारको अवधारणा अनुसार सरकारी निकायले सूचनाको पहुँच बढाउनै नचाहेको गुनासो गरे । स्थानीय तहमा त सही सूचना सही व्यक्तिमाझ पुग्नै नसकेको उनीहरु बताउँछन् ।

सहभागी दर्शन ढुंगानाले स्थानीय तह र वडाका फेसबुक पेज अपडेट नै नहुने बताए । सूचना अधिकारी पहिचान गर्न आमसर्वसाधरणमा समस्या रहेको उनको भनाइ थियो ।

अर्का सहभागी अमृतसागर बगाले सूचना माग्न जादा पनि नदिने गरेको अनुभव सुनाए । कसरी सूचनामा पहुँच बढाउन सकिन्छ त्यतातिर कसैको ध्यान नपुगेको उनले बताए ।

पोखरा महानगरपालिका–४ का सचिव पवन सुवेदीले पक्रियागत रुपमा सूचना मागेको खण्डमा उपलब्ध गराउन कुनै समस्या नभएको बताए ।

प्रकाशित मिति २०८० फागुन १२ गते शनिबार ०८:४१

हजुरको प्रतिक्रिया