पोखरा ।
विश्वकप क्रिकेट लिग–२ को पहिलो शृंखलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।
खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृंखलामा यसअघि एक÷एक खेल जितेका छन् ।
पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो ।
त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो ।
तर, शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।
नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अंक छ ।
नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अंकका साथ लिग–२ को शीर्ष स्थानमा छ ।
प्रकाशित मिति २०८० फागुन १३ गते आइतबार ०८:४८