२०८३ असोज २४ गते शनिबार

नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १३ गते आइतबार ०८:५१

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ ।

पोखरा ।

नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको हो ।

नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १–१ गोल गरे ।

जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन् । इराकविरुद्ध साम्बा एक्लैले ५ गोल गरेकी थिइन् ।

पहिलो हाफको ४०औं मिनेटमा रेखाको पासमा साम्बाले गोल गर्दै खाता खोलिन् ।

दोस्रो हाफको ५९औ मिनेट साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।

त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले ७८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।

गीता रानाले पेनाल्टीमा गोल गर्दै नेपालको ४–० को जित पक्का गरिन् ।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ ।

अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।

फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ ।

प्रकाशित मिति २०८० फागुन १३ गते आइतबार ०८:५१
हजुरको प्रतिक्रिया