पोखरा ।
एसीसीले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
एसीसीले आइतबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मलेशियासँग अप्रिल १२ मा खेल्नेछ ।
अप्रिल १२ देखि अप्रिल २१ तारिखसम्म ओमानमा आयोजना हुने प्रतियोगितामा १० टोली सहभागी हुने छन् सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, मलेशिया, हङकङ‚ कतार र साउदी अरेबिया रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले समूहको आफ्नो दोस्रो खेल अप्रिल १३ तारिख कतारसँग, तेस्रो खेल अप्रिल १५ तारिख हङकङ र चौथो तथा अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्ने छन् ।
फाइनल विजेता टोलीले सन् २०२५ मा आयोजना हुने एसिया कप खेल्नेछ ।
प्रकाशित मिति २०८० फागुन १४ गते सोमबार ०९:४७