२०८३ असोज २४ गते शनिबार

पहिलो टी-२० आईमा नामिबियासँग नेपाल पराजित

पहिलो टी-२० आईमा नामिबियासँग नेपाल पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १५ गते मंगलबार ०५:०६

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७...

लोफ्टी टी–२० मा सर्वाधिक छिटो शतक बनाउने खेलाडी

त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ४८ रन बनाएका ऐरी १८.४ ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा क्याच आउट भएपछि नेपालको जितको आशा सकिएको थियो । उनी आउट हुँदा नेपाललाई जितका लागि ८ बलमा २० रन चाहिएको थियो । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए । लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।

प्रकाशित मिति २०८० फागुन १५ गते मंगलबार ०५:०६
हजुरको प्रतिक्रिया